सुनको भाउमा लगातार वृद्धि, चाँदी पाँच दिनदेखि स्थिर


स्थानीय बजारमा सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावले नेपालमा सुनको भाउ वृद्धि भएको हो ।

मंगलबार सुनको भाउ १ लाख ११ हजार २ सय रुपैयाँ कायम गरिएको छ । सुनको भाउ सोमबार १ लाख १० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

मंगलबार सुन ३ सय रुपैयाँले वृद्धि भएको हो । सोमबार पनि छापावाला सुन ३ सय रुपैयाँले नै वृद्धि भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ तोकिएको छ । तेजाबी सुन सोमबार प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँ तोकिएको थियो । आज तेजावी सुनको भाउ पनि ३ सय रुपैयाँले नै बढेको हो ।

यता सोमबार चाँदीको भाउमा भने कुनै पनि परिवर्तन नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पाँच दिनदेखि स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार २५ दशमलव ४८ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।