सिटिजन्स सुपर-३० म्युचुअल फन्डको इकाई बाँडफाँड


सिटिजन्स सुपर-३० म्युचुअल फन्डले निष्कासन गरेको इकाई बाँडफाँड गरेको छ । याेजना व्यवस्थापक सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि बैशाख २० गतेसम्म निष्कासन गरेको इकाई आइतबार बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कोष प्रर्वद्धक र सर्वसाधरण सहित कुल ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख कित्ता इकाइ बाँडफाँड गरिएकाे हाे । इकाइ खरिदका लागि आवेदन दिएका सबै आवेदकले माग  अनुसार नै इकाइ पाएका हुन् ।

क्यापिटलले कुल १० कराेड इकाइ जारी गरेकाेमा १ करोड ५० लाख इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि निष्काशन गरेको थियो भने ८ करोड ५० लाख सर्वसाधारणका लागि निष्कासन गरेको थियो । तर माग बमाेजिम सर्वसाधारणबाट आवेदन नपरेपछि याेजनाकाे आकार २५ कराेड रूपैयाँले घटेकाे हाे । यससँगै सिटिजन्स सुपर-३० काे याेजनाकाे आकार ७५ कराेड कायम भएकाे छ ।

योजनाको कोष प्रर्वद्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।