सुनको भाउ १ लाख ११ हजार नाघ्यो, चाँदी चार दिनदेखि स्थिर


नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ११ हजार नाघेको छ । जेठ महिनाको पहिलो कारोबार दिन स्थिर रहेको सुनको भाउ दोस्रो कारोबार दिन भने सामान्य बढेको हो ।

सुनको भाउमा मंगलबार १ सय रुपैयाँले वृद्धि आएको हो । छापावाला सुनको भाउ सोमबार १ लाख ११ हजार रुपैयाँ तोकिएको थियो । आज १ सय रुपैयाँले वृद्धि भएसँगै सुनको भाउ १ लाख ११ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै सोमबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ तोकिएको तेजावी सुनको भाउ आज मंगलबार लाख १० हजार ५५० रुपैयाँ निर्धारण गरिएको छ ।  यता सोमबार चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार चाँदी १ हजार ३७५ रुपैयाँ निर्धारण गरिएको चाँदी आज पनि सोही भाउमा कायम छ । चाँदी लगातार चार दिनदेखि स्थिर छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार १६ दशमलव ४२ पैसामा कारोबार भइरहेको छ भने चाँदी २४ रुपैयाँ ०३ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।