दुई दिनमा १४ सयले घट्यो सुनको भाउ


बिहीबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउमा गिरावट आएको हो । हिजो सुनको भाउमा ११ सय रुपैयाँले गिरावट आएको थियो ।

बुधबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

यस्तै बुधबार प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको तेजावी सुनको भाउ आज १ लाख ९ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।
यता बुधबार १ हजार ३७० रुपैयाँ निर्धारण गरिएको चाँदीको भाउ आज पनि सोही भाउमा कायम छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९८० दशमलव ८८ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।