प्रभु लाइफ इन्स्योरेन्सले तोक्यो साधारण सभा र बुक क्लोजको मिति


प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको १४१ औं बैठकले जेठ २६ गते साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभा जेठ २६ गते शुक्रबार लैनचौर ब्यांक्वेटमा दिउँसो ११ बजे बोलाइएको छ । सभाले आर्थिक वर्ष २०७७\७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७७ ७८ को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ९.८ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने तथा सो बापतको हुन आउने कर प्रयोजनको निमित्त ०.५१५८ प्रतिशत को नगद लाभांश पारित गर्ने छ ।

यस्तै सभाले बोनस सेयर वितरण पश्चात कायम हुने जारी पुँजी तथा चुक्ता पुँजी बराबर जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नुका साथै प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने\गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने छ ।

लघुवित्तले सभामा भाग लिन तथा शेयर लाभांश प्रयोजनको लागि जेठ १२ गते शुक्रबार बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार जेठ ११ गतेसम्म मात्र शेयरधनीहरुले सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्न सक्ने छन् ।

सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले जेठ २४ गते बुधवार भित्र यस कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाण्डौंमा निवेदन दर्ता गराई सक्नु पर्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।