सुनको भाउमा लगातार गिरावट, आजको भाउ कति ?


नेपाली बजारमा सुनको भाउमा लगातार गिरावट आएको छ । मंगलबारदेखि छापावाला सुनको भाउमा निरन्तर गिरावट आएको हो ।

मंगलबार १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा बुधबार ११ सय रुपैयाँले गिरावट आएर १ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै छापावाला सुनको भाउ बिहीबार पुनः ३ सय रुपैयाँले घटेर १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउमा आज पनि ५ सय रुपैयाँले गिरावट आएको छ । आज ५ सय रुपैयाँले घटेसँगै सुनको भाउ १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबिच बिहीबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता बिहीबार १ हजार ३७० रुपैयाँ निर्धारण गरिएको चाँदीको भाउ आज पनि सोही भाउमा कायम छ । चाँदीको भाउ लगातार ३ दिनदेखि स्थिर छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६२ दशमलव ५२ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ६२ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।