सुनको भाउ १ हजार रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट


बिहीबार छापावाला सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । बुधबार १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँ कायम गरिएको हो ।

यस्तै बिहीबार तेजावी सुनको भाउ १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख ८ हजार ३ सय रुपैयाँमा कायम भएको हो ।

यता बिहीबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५७ दशमलव ९५ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।