सुनको भाउमा लगातार गिरावट, आजको भाउ कति ?


तीन दिनको अवधिमा छापावाला सुनको भाउमा १७ सय रुपैयाँले गिरावट आएको छ ।

बिहीबार एक हजार रुपैयाँले घटेको छापावाला सुनको भाउमा शुक्रबार ५ सय रुपैयाँले गिरावट आएको थियो भने आज पुनः २ सय रुपैयाँले घटेको हो ।

आज घटेसँगै छापावाला सुनको भाउ १ लाख ८ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ शुक्रबार १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार १ लाख ७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको तेजावी सुनको भाउ आज २ सय रुपैयाँले घटेर १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यता आइतबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । बिहीबार १३ सय ४५ रुपैयाँ कायम भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४६ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ भने चाँदी २३ दशमलव ३२ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।