सोमबार सुन कतिमा हुँदैछ कारोबार ?


साताको पहिलो कारोबार दिन १७ सय रुपैयाँले घटेको छापावाला सुनको भाउ सोमबार भने स्थिर बनेको छ ।

आइतबार छापावाला सुनको भाउ १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको सुन आज पनि सोही भाउमा कारोबार गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार तेजावी सुनको भाउ १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ । यता सोमबार चाँदीको भाउ १ हजार ४१५ रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४५ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।