बुधबार सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


बुधबार स्थानिय बजारमा छापावाला सुनको भाउ २ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको भाउ आज पुनः २ सय रुपैयाँले बढेको हो ।

मंगलबार  १ लाख १२ हजार ५०० रुपैयाँ निर्धारण गरिएको सुन आज १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको भाउ १ लाख १२ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ । हिजो तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको थियो । यता बुधबार चाँदीको भाउ १ हजार ४२० रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा चाँदीको भाउ आज स्थिर बनेको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६४ दशमलव २१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ५७ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।