एकैदिन १ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


बिहीबार स्थानिय बजारमा छापावाला सुनको भाउ १ हजार रुपैयाँले गिरावट आएको छ । हिजो प्रतितोला २ सय रुपैयाँले बढेको सुनको भाउमा आज १ हजार रुपैयाँले गिरावट आएको हो ।

बुधबार १ लाख १२ हजार ७०० रुपैयाँ निर्धारण गरिएको सुन आज १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको भाउ १ लाख १२ हजार १५० रुपैयाँ निर्धारण गरिएको तेजावी सुनको भाउ १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण गरिएको थियो । यता बुधबार चाँदीको भाउ १ हजार ४१५ रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा चाँदीको भाउ आज ५ रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४७ दशमलव २३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ५८ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।