सुनको भाउ ८ सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


शुक्रबार स्थानिय बजारमा छापावाला सुनको भाउ ८ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको भाउमा आज ८ सय रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार १ लाख ११ हजार ७०० रुपैयाँ निर्धारण गरिएको सुन आज १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार तेजावी सुनको भाउ १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण गरिएको तेजावी सुनको भाउ आज १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ । यता शुक्रबार चाँदीको भाउ १ हजार ४५५ रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा चाँदीको भाउ आज ४० रुपैयाँले वृद्धि हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६२ दशमलव ०८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव २३ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।