घोराही सिमेन्ट इन्डष्ट्रिजले क्रेडिट रेटिङ्ग प्रक्रिया उद्योग प्रवर्द्धकले प्रभावित पारेको भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्टिकरण दिएको छ । नेपाल धितोपत्र बोर्डले रेटिङ्गमा शंका उत्पन्न भएको भन्दै आईपीओ प्रकृया स्थगन गरी छानबीन समिति गठन गरेपछि उद्योगले प्रष्टिकरण दिएको हो ।
क्रेडिट रेटिङ्ग प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्याङ्कनबाट हुने हुँदा प्रवद्र्धकहरुको संग्लग्नताको विषय उद्योगले ठाडै अस्वीकार गरेको हो । सञ्चार माध्यमहरुमा बदनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाईएका सम्पूर्ण विषयहरुको बारेमा पूर्ण पारदर्शी रुपमा स्पष्ट पार्न उद्योग सदा तत्पर रहेको समेत जनाएको छ ।
सेयर निष्कासनको अनुमति प्राप्त गर्ने सन्दर्भमा उधोगबाट पेश भएका विवरण पत्र, वित्तीय विवरण, तथा क्रेडिट रेटिङ्ग प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरुको जिम्मेवारी लिन उद्योग सदैव तत्पर रहेको बताएको छ । सेयरको सार्वजनिक निष्काशन हुनु पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत विभिन्न नियामक निकायहरुको पूर्ण सहभागिता रहेको हुने भन्दे कम्पनीको बदमादी नभएको उसको जिकिर छ ।
नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ्ग कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुठा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरि तत्काल नै रोकिन गएको सेयररको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा उद्योग विश्वस्त रहेको उल्लेख छ ।
घोराहीले प्रतिकित्ता ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ मा आईपीओमा सेयर निष्कासन खुला गरेको थियो । सो अवधिभित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्याति माथी नकारात्मक असर पुयाउने उद्धेश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको भन्दै उद्योगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । स्वदेशी लगानीकर्ताहरुबाट प्रवद्र्धित देशकै ठूलो मध्ये एक उद्योगलाई निरुत्साहित गर्ने कार्यमा संलग्न लगानी विरोधि समूह तथा सो समुहबाट प्रायोजित कार्य तथा समाचार प्रति उद्योगले खेद प्रकट गरेको छ ।
आईपीओ स्वीकृतपछि प्रभावित क्षेत्रका स्थानीय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रकृया सम्पन्न गरि सेयर बाँडफाँड भईसकेको कम्पनीले जनाएको छ । तर सर्वसाधारणको लागि खुल्ला भएको अवधिको चौंथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले सेयरर निष्काशन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको उद्योगको भनाई छ ।
उद्योगमा लगानी गर्ने सेयररहोल्डर, आवेदनकर्ता, तथा सम्बन्धीत सबैको लगानी सुरक्षाको प्रत्याभुतिको लागि उद्योग पूर्ण रुपमा प्रतिवद्ध रहेको जनाएको छ । उद्योगले स्वदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष ३ हजार भन्दा बढी जनशक्तीलाई रोजगारी प्रदान गर्दै विदेशी मुद्रा सञ्चितिमा योगदान गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया