चार दिनमा २२ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट कायमै


स्थानिय बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । सुनको भाउमा सोमबारदेखि लगातार गिरावट आएको हो ।

आज सुनको भाउ ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुनको भाउ १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै सोमबार छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ कायम गरिएको थियो । त्यसको भोलीपल्ट मंगलबार २ सयले गिरावट आएको थियो । यस्तै हिजो बुधबार छापावाला सुनको भाउ ८ सय रुपैयाँले घटेको थियो । हिजो सुनको भाउमा ५ सय रुपैयाँले गिरावट आएको हो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख ९ हजार ९५० रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ ६५० रुपैयाँले घटेको हो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ २५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ३६० रुपैयाँमा कायम गरिएको चाँदी आज १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१६ दशमलव ३७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव २८ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।