चार दिनपछि बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि


साताको पहिलो कारोबार दिन स्थानिय बजारमा छापावाला सुनको भाउ वृद्धि भएको छ । लगातार चार दिन गिरावट आएको सुनको भाउमा आज ४ सय रुपैयाँले वृद्धि भएको हो ।

आज सुनको भाउ ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९ हजार ६५० सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख ९ हजार ३ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ ३५० रुपैयाँले बढेको हो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ३३५ रुपैयाँमा कायम गरिएको चाँदी आज १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२१ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ४२ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।