रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड भोलि, कतिले पाउँछन् ?

0
Shares

नेपाल रिपब्लिक मिडियाको प्रारम्भिक सार्वजनिक निष्कास (आईपीओ) असार ११ गते सोमबार बिहान बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार बिहान १० बजे ठमेलको छायाँसेन्टर स्थित पााचतारे होटेल अलोफ्टमा सेयर बाँडफाँड हुन लागेको हो ।

कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड हुनेछ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट कम्पनीको सेयर वितरण हुनेछ । निर्देशिका बमोजिम कम्पनीको आईपीओ भाग्यमानी ३ लाख ६१ हजार ९८९ जनाले मात्र हात पार्नेछन् । सो मध्ये एक आवेदकले १ कित्ता थप सहित ११ कित्ता हात पर्नेछ ।

अन्तिम दिनको तथ्याङ्क अनुसार आईपीओ आवेदक मध्ये ९ लाख २० हजार ६४७ जनाको भने हात खाली भने हुनेछ । यो प्रमाणिकरण नभएको तथ्यांक भएकोले यसमा केहि तलमाथि हुन भने सक्नेछ । आईपीओमा मागभन्दा ३.८४ गुणा बढी अर्थात १२ लाख ८२ हजार ६३६ जनाले कुल १ करोड ३९ लाख २३ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सामुहिक लगानी कोष, कर्मचारी र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई छुट्टाएर ३६ लाख १९ लाख ८९१ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीले अवितरित ९३ हजार ९६१ कित्ता थप गरेर जेठ २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४५ प्रतिशतले हुन आउने ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

यसअघि नै कम्पनीले सामुहिक लगानी कोषका लागि २ लाख १७ हजार ६५० कित्ता, कर्मचारीहरुको लागि ८० हजार १५९ कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता बाँडफाँड गरिसकेको छ ।

पहिलो मिडिया कम्पनीको रुपमा सेयर जारी गरेको रिपब्लिक मिडियाको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले नेपाल रिपब्लिक मिडियालाई ‘आइआरएन बी प्लास’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ । विसं २०७९ असोज ३० गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० असोज २५ गतेसम्म बाहल रहनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।