सेयर बजार दोहोरो अंकले बढेपनि साेमबार सवा एक अर्बले घट्यो कारोबार

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार साढे १४ महीनापछि दैनिक साढे ६ अर्बको कारोबार भएकोमा आज बजार दोहोरो अंकले बढेपनि कारोबार रकम भने १ अर्ब १८ करोडले घटेर ५ अर्ब ३१ करोडमा खुम्चिएको छ ।

असार ११ गते सोमबार सेयर बजार सूचक नेप्से पनि ०.५५ प्रतिशत अर्थात ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । यसदिन २९७९ स्क्रिप्टका १ करोड १९ लाख ३हजार ६८७ कित्ता सेयर ७३ हजार ९५८ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये ५ उपसमुहगत सूचक घट्दा ८ वटामा हरियाली छाएको छ । आजको बजारमा निर्जीवन बीमा०.९७ प्रतिशतले घट्दा, अन्य ०.५५, जलविद्युत ०.४४, ब्यापार ०.२४ प्रतिशत र जीवन बीमा ०.०८ प्रतिशतले घटको छ । लघुवित्त सर्वाधिक ३.९९ प्रतिशतले बढेको बजारमा फाइनान्स ३.११ प्रतिशत, म्युचुअल फन्ड १.३७ प्रतिशत बढेको छ । बाँकी एक प्रतिशतभन्दा कम बढेका छन् ।

सोमबारको बजारमा आठ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिमालयन लाइफ, बिपिडब्लू लघुवित्त, सिटी होटल, सिभिल लघुवित्त, माउन्टेन इनर्जी नेपाल लिमिटेड, आशा लघुवित्त, मिथिला लघुवित्त, र डिप्रोृक्स लघुवित्तको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । ग्रामीण विकास लघुवित्त र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य पनि ७.६७ प्रतिशतले बढेको छ ।

यस्तै शिवम् सिमेन्टस एक्लैको ४२ करोड ६ लाख रुपैयाँको सेयर कारोबार हुँदा सोल्टी होटलको २७ करोड२७ लाख, हिमालयन डिष्टिलरी २२ करोड ३८ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १५ करोड ५० लाख र नेपाल लाइफको १४ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन कारोबार संख्या र कित्तामा पनि शिवम् सिमेन्टस अगाडि छ । उक्त कम्पनीको ६ लाख ६७ हजार ७२९ कित्ता सेयर ३ हजार ६८७ वटा संख्यामा खरिद बिक्री भएको छ ।

बजारमा उत्साह छाएसँगै कुल बजार पूँजीकरण पनि बढेर ३१ खर्ब १८ अर्ब ५४ करोड २२ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिन आइतबार कुल बजार पुँजीकरण ३१ खर्ब १ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।