सुनको भाउमा लगातार वृद्धि, चाँदी पनि बढ्दै


छापावाला सुनको भाउमा लगातार वृद्धि भएको छ । आज छापावाला सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २ सय रुपैयाँले बढको थियो । सुनको भाउ आज पनि २ सय रुपैयाँले बढेको हो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ १० रुपैयाँले बढेको छ । आइतबार १ हजार ३६५ रुपैयाँमा कायम गरिएको चाँदी आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२८ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।