कुथेली बुखरी स्मल हाइड्रोको आइपीओमा असार २६ देखि आवेदन दिन सकिने


कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपीओमा असार २६ गतेदेखि आवेदन दिन सकिने छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागी आइपीओ बाँडफाँड गरिसके पछि सर्वसाधारणका लागी आइपीओ निष्काशन गरेका हो । कम्पनीले १२ हजार १८६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ६ हजार ५३ कित्ता धितोपत्र सामूहिक लगानी कोष योजनाहरुलाई बाँडफाँड गरिसकेको छ । यस्तै कम्पनीमा कार्यरत कर्मचारीहरुको २ हजार ४३७ कित्ता सुरक्षित गरी बाँकी रहेको १ लाख १ हजार १५१ कित्ता सर्वसाधारणका लागी निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असार २६ गतेदेखि २९ गतेसम्म आवेदन दिनुपर्ने छ । उक्त समयमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि साउन ९ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीका बारेमा

कम्पनीले प्रबर्धन गरिरहेको ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.३७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.१० वर्ष रहेको छ। आयोजनाले २०७१ जेठ ५ गते विद्युत उत्पादन अनुमति पाएको थियो । २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।