सुनको भाउमा लगातार गिरावट, आज तोलाको कति ?


छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । बुधबार ६ सय रुपैयाँले घटेको सुनको भाउमा आज पनि ६ सय रुपैयाँले नै गिरावट आएको हो ।

आज छापावाला सुनको भाउ १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाला सुनको भाउ १ लाख १० हजार रुपैयाँमा कारोबार एको थियो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो १ हजार ३७५ रुपैयाँ कारोबार गरिएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९०५ दशमलव ९७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।