अधिक तरलता भएपछि फेरि बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

0
Shares

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गरेको हो।

रिर्भस रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ।

यसअघि राष्ट्र बैंक गत असार १० गते २० अर्ब रुपैयाँ र असार ७ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो। यसअघि चैत १० गते पनि ५ अर्बको रिभर्स रिपो जारी गरिएको थियो।

प्रणालीमा करिब ४० अर्ब रुपैयाँ अधिक तरलता छ। तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक वर्षमा चौथो पटक रिभर्स रिपो जारी गरेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।