जनउत्थान सामूदायिक लघुवित्तको बोनस सेयर वितरण


जनउत्थान सामूदायिक लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।  लघुवित्तले असार १७ गते बोनस सेयरधनीको खातामा जम्मा गरेको हो । लघुवित्त कम्पनीको चैत २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर वितरण गरिएको हो ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामा बोनस सेयर जम्मा गरिसकिएको जनउत्थान लघुवित्तले जनाएको छ ।

सभाबाट पारित भएको बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने जनाइएको छ । साधारण सभा प्रयोजनका लागि लघुवित्तले चैत १० गते बुकक्लोज गरेकाले चैत ९ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर प्राप्त गर्नेछन् ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गते आइतवार२ लाख २१ हजार ८५९ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरिसकेको छ ।सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन र कागजी सेयर भए अभौतिकिकरण गर्न समेत लघुवित्तले सेयरधनीलाई आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।