सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटै फन्ड नाफामा पुग्दा न्याभ सुधारियो

0
Shares

सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटै सामुहिक लगानी कोष योजनाको जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै योजनाले जेठमा वित्तीय अवस्थामा सुधार गरेसँगै नाफामा पुगेका छन् भने सबै फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि बढेको छ ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिमा सानिमा इक्वीटी फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा जेठमा ९४ पैसा, सानिमा ग्रोथ फन्डको २५ पैसा र सानिमा लार्ज क्याप फन्डको ६९ पैसाले न्याभ बढेको हो । ती फन्डहरुले जेठमा क्रमशः ७ करोड ७३ लाख ६० हजार, ६३ लाख ४९ हजार र ७ करोड ९८ लाख ३ हजार रुपैयाँ कुल आम्दानी गरेका छन् ।

जेठ मसान्तको विवरण अनुसार सात वर्ष अवधिको सानिमा इक्वीटी फन्ड (SAEF) को प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ९४ पैसा बढेर १२ रुपैयाँ ८० पैसा कायम भएको छ । गत बैशाखमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ८६ पैसा थयो । योजनाका आकार कुल १ अर्ब ३० करोड रुपैयाँ रहेको यस योजनाको लगानी १ अर्ब १४ करोड ९० लाख रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, ३ करोड ६५ लाख ९६ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ ।

यस्तै फन्डको ऋणपत्रमा १० करोड ७८ लाख ७२ हजार रुपैयाँ र मुद्दती निक्षेपमा २७ करोड रुपैयाँ लगानी छ । यस्तै बैंक मौज्दातमा ९ करोड ९३ लाख ६० हजार रुपैयाँ बचत रहेको छ । गत बैशाखमा ४ करोड ४५ लाख ९१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको फन्डले जेठमा ७ करोड ७३ लाख ६० हजार रुपैयाँ नाफा गरेको छ । जेठमा १० करोड ५९ लाख ४९ हजार कुल आय गरेको फन्डको खर्च २ करोड ८५ लाख ८८ हजार रुपैयाँ छ ।

यस्तै दश वर्ष अवधिको अर्को सामुहिक लगानी कोष योजना सानिमा ग्रोथ फन्ड (SAGF) को प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा २५ पैसा बढेर १० रुपैयाँ ९ पैसा कायम भएको छ । गत बैशाखमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ८४ पैसा थियो । योजनाका आकार कुल ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ रहेको यस योजनाको २३ करोड ५ लाख ७६ हजार रुपैयाँ लगानी सूचीकृत कम्पनीको सेयरमा, १ करोड ६९ लाख ७६ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ ।  फन्डले ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ भने १ करोड ५९ लाख ५३ हजार रुपैयाँ ऋणपत्रमा लगानी छ । यस्तै बैंक मौज्दातमा ३३ करोड ९७ हजार ९३ हजार रुपैयाँ छ । गत बैशाखमा १ करोड १० लाख ९४ हजार रुपैयाँ नोक्सानीमा पुगेको फन्डको जेठमा ६३ लाख ४९ हजार रुपैयाँ नाफा गरेको छ । जेठमा १ करोड ७८ लाख ७५ हजार कुल आय गरेको फन्डको खर्च १ करोड १५ लाख २५ हजार रुपैयाँ छ ।

यसैगरी सात वर्ष अवधि रहेको सानिमा लार्ज क्याप फन्ड (SLCF) को जेठ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ६९ पैसा बढेर ९ रुपैयाँ ५६ पैसा रहेको छ । गत बैशाखमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ८ रुपैयाँ ८७ पैसा थियो । योजनाका आकार कुल १ अर्ब २० करोड रुपैयाँ रहेको यस योजनाको लगानी ७१ करोड ६१ लाख ५५ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, ३ करोड ६४ लाख ३२ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डको ऋणपत्रमा १० करोड २८ लाख ४४ हजार रुपैयाँ ऋणपत्रमा लगानी रहेको छ । जेठमा १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ भने बैंक मौज्दातमा १३ करोड ६३ लाख ९ हजार रुपैयाँ रहेको छ ।

गत बैशाखमा ४१ हजार ४४६ रुपैयाँ नोक्सानीमा पुगेको फन्डको जेठमा ७ करोड ९८ लाख ३ हजार रुपैयाँ नाफा गरेको छ । जेठमा ९ करोड ८२ लाख ९४ हजार कुल आय गरेको फन्डको खर्च १ करोड ८४ लाख ९० हजार रुपैयाँ छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।