बुधबार सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


छापावाला सुनको भाउ बुधबार तोलाको १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार छापावाला सुनको भाउ १ लाख ११ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो ।

यस्तै आज तेजावी सुनको भाउ १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुनको भाउ १ लाख १० हजार ७५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता बुधबार चाँदीको भाउ १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा महासङ्घले नेपालमा सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९३८ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव २५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।