दुई दिनमा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ


छापावाला सुनको भाउ दुई दिनमा ११ सय रुपैयाँले बढेको छ । बुधबार ३ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार ८ सय रुपैयाँले बढेको हो ।

छापावाला सुनको भाउ बिहीबार तोलाको १ लाख १२ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार छापावाला सुनको भाउ १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको भाउ १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता बिहीबार चाँदीको भाउ १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ ४० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा महासङ्घले नेपालमा सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९६० दशमलव ६४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव १९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।