अप्पर लोहोरे खोला हाइड्रोको आइपीओमा आवेदन दिन छुट्यो कि !


अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको थियो ।

जसमा स्थानियले आजसम्म आवेदन दिन पाउने छन् भने बैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बाँडफाँड भइसकेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम रितपूर्वक आवेदन दिएका १९ हजार ८८२ जना आवेदकहरूमा साउन २ गते माग बमोजिमको कित्ता आईपीओ बाँडफाँड गरिएको हो ।

बाँडफाँडमा ४ जनाले ११ कित्ताका दरले र १९ हजार ८७८ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीले स्थानीय बासिन्दाहरुका लागि ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका निष्कासन गरेको थियो ।

जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्लाका स्थानियले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।