सुनचाँदीको भाउ घट्न थाल्यो

0
Shares

सुनचाँदीको भाउ लगातार दोश्रो दिन गिरावट भएको छ । साउन ७ गते, आइतबार सुन तोलामा ५०० रुपैयाँ तथा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा झरेको थियो ।

आइतबार चाँदीको पनि मूल्यमा गिरावट देखिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ४६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लाग्दा एक हजार ४८० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि स्थानीय बजारमा पनि गिरावट आएको हो।

अन्तर्राष्ट्रिय बजारमा गत बिहीबार प्रतिऔंस १९७९.८२ डलर रहेको सुन शुक्रबार १९७०।३ ले कारोबार भएको थियो। आइतबार अझ घटेर प्रतिऔंस १९६१.८५ डलरले कारोबार भइरहेको छ।

चाँदी पनि घटेको छ। गत शुक्रबार प्रतिऔंस २४.८३ डलरले कारोबार भएको चाँदी आइतबार २४.६१ डलरमा आइपुगेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।