मनकामना इन्जिनियरिङ्गको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज मंगलबारसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले असार १९ गतेदेखी स्थानियका लागि आवेदन खुलाएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको सेयरमा दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा विगु गाउँपालिका वडा नम्बर ४ र कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का बासिन्दाले आवेदन दिन पाउनेछन् ।

स्थानीय बासिन्दामा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ करोड मूल्यको ८ लाख कित्ता निष्कासन गरेको थियो । कम्पनीले जारी गरेको सेयर खरिदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यस्तै अधिकतम कित्ताको हकमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय काठमाण्डौं १० अनामनगर, गौरीशंकर गाउँपालिकाको कार्याल दोलखा तथा प्रभु बैंक र सिन्धु विकास बैंकको शाखा कार्यालय गौरिशंकर दोलखा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । सो रेटिङ्ग को वैधता अवधि एक वर्ष अर्थात् २०८० असार २८ गतेसम्म रहनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।