लगातार ३ दिन घटेको सुनको भाउ मंगलबार बढ्यो


मंगलबार सुनको भाउ १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ तोकिएको थियो ।

सोमबारको तुलनामा आज सुनको भाउ २ सय रुपैयाँले बढेको हो । साउन ५ गतेदेखि सुन चाँदीको भाउमा लगातार गिरावट आएको थियो ।

महासंघले साउन ४ गते १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ ८ सय रुपैयाँले घटेर साउन ५ गते १ लाख १२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै साउन ७ गते ५ सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सयमा कारोबार भएको सुन साउन ८ गते आइतबार प्रतितोला १ लाख १२ हजार रुपैयाँ तोकिएको थियो ।

मंगलबार तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको भाउ १ लाख ११ हजार ४५० रुपैयाँ रहेको थियो । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो १४ सय ६० रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६१ दशमलव ४७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ५२ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।