सुनको भाउमा लगातार वृद्धि, तीन दिनमा १५ सय बढ्यो


सुनको भाउ तीन दिनमा १५ सय रुपैयाँले बढेको छ । बुधबार ५ सय रुपैयाँले बढेको सुन आज बिहीबार ८ सय रुपैयाँले बढेको हो । मंगलबार सुन २ सय रुपैयाँले बढेको थियो ।

आज सुनको भाउ १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको भाउ १ लाख १२ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य १ लाख १२ हजार ९५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको भाउ १ लाख १२ हजार १५० रुपैयाँ रहेको थियो ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १४ सय ९० रुपैयाँ कायम भएको छ । चाँदी हिजो १४ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९७७ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २५ दशमलव ०४ डलरमा कारोबार भइरहेको छ ।

हिजो अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६३ दशमलव ४८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ६१ डलरमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।