नेपाल रिपब्लिक मिडियाको आईपीओ डिम्याट खातामा, कतिमा खुल्छ कारोबार ?

0
Shares

नेपाल रिपब्लिक मिडियाको प्राथामिक सेयर (आईपीओ) हितग्राही खाता (डिम्याट) मा जम्मा भएको छ । गोलाप्रथाबाट सेयर प्राप्त गरेका सेयरधनीको डिम्याट खातामा कम्पनीले असार ११ गते बिहीबार जम्मा गरेको हो ।

कम्पनीको सेयर स्टक सिम्बोल एनआरएम (NRM) मा डिम्याट खातामा जम्मा भएको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई ३६ लाख १९ हजार ८९१ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओ असार ११ गते सोमबार बाँडफाँड भएको थियो । बाँडफाँड भएको एक महीनापछि कम्पनीको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको सेयर गोलाप्रथाबाट ३ लाख ६१ हजार ९८९ जना आवेदकले मात्र पाएका थिए । यी मध्ये भाग्यमानी १ जनाले ११ कित्ता सेयर हात पारेका थिए ।  आईपीओमा १२ लाख ९९ हजार ७२७ जनाको आवेदन परेको छ । त्यस मध्ये ६ हजार ९२० जनाको आवेदन रद्द भएको छ । जस अनुसार १२ लाख २७ हजार ५६९ जनाको योग्य आवेदनलाई बाँडफाँडमा सहभागि गराइएको थियो ।

कम्पनीले जारी पुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँको बराबरको आईपीओ निष्कासन गरेको थियो । सोमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने वैदेशिक रोजागरीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन गरेको थियो ।

कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँड नभएको ९३ हजार ९६१ कित्ता शेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई निष्कासन गरी बाँडफाँड गरिएको थियो ।

एनआईबिएल सहभागिता फन्डको प्रतिफल घोषणा

कतिमा खुल्छ कारोबार ?

कम्पनीले प्रकाशन गरेको विवरणपत्र अनुसार कम्पनीको आव २०७८।७९ मा कम्पनीका वास्तविक प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ४७ पैसा छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम ८४ रुपैयाँ ४७ पैसादेखि अधिकतम २५३ रुपैयाँ ४१ पैसासम्म तय गरेको छ । बीचको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबारपछि त्यसदिन मूल्य अधिकतम १० प्रतिशतसम्म बढ्न सक्नेछ ।

नेप्सेले पहिलो पटक सेयर सूचीकृत भई कारोबारमाआउने कम्पनीलाई वित्तीय विवरणका आधारमा वास्तविक प्रतिसेयर नेटवर्थलाई न्यूनतम आधार मूल्य तोकेर त्यसको तीन गुणासम्म कारोबार रेञ्ज दिने गरेको छ ।

नेप्सेमा सेयर सूचीकृत भएपछि यहि रेञ्जलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।