हिमालयन क्यापिटलले किन्यो फुडमाण्डूको सेयर


हिमालयन क्यापिटलले फुडमाण्डूको आंशिक सेयर खरिद गरेको छ । क्यापिटललाई टिम भेन्चस आफ्नो नाममा रहेको सेयर बिक्री गरेको हो । यसका लागि टिम भेन्चर्स, फुडमाण्डू र हिमालयन क्यापिटले सयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टिम भेन्चर्स प्रा. लि. उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारी जस्ता नाफा मुलक क्षेत्रहरूमा विविधिकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो ।

फुडमाण्डु प्रा.लि. मा टिम भेन्चर्स प्रा.लि. ले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्ट सहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको छ ।

झण्डै दुई वर्षको छोटो अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफल सहित बिक्री गर्न सफल भएको छ ।

यस कम्पनीले ट्रु नर्थ एसोसिएट्सबाट सन् २०१७ मा सिरिज ए फन्डिङ्ग अन्तर्गत लगानी प्राप्त गरेको थियो । त्यसैगरी टिम भेन्चर्सबाट सन् २०२० मा सिरिज बि फन्डिङ्ग अन्तर्गत लगानी प्राप्त गर्न सफल फुडमाण्डूले सन् २०२३ मा सिरिज सि फन्डिङ्ग अन्तर्गत डोल्मा इम्प्याक्ट फण्ड आइआइ मार्फत झण्डै ४ मिलियन अमेरिकी डलर बराबरको लगानी प्राप्त गर्न सफल भएको थियो ।

हिमालयन क्यापिटल लिमिटेड  हिमालयन बैङ्क लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनिको रुपमा स्थापित नेपालको एक अग्रिणी मर्चेन्ट बैङ्क हो । हिमालयन क्यापिटले वित्तिय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।