लक्ष्मी भ्यालु फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन


लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले निष्काशन गरेको ‘लक्ष्मी भ्यालु फण्ड २’ को इकाईमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो ।कम्पनीले साउन ५ गते शुक्रबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईहरु निष्कासन गरेको हो ।

कुल जारी इकाईमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज बिहानसम्म २५ करोड ४५ लाख ८५ हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ५८ हजार ५१० इकाईका लागि आवेदन परेको छ । दश वर्ष अवधिको उक्त फन्डको इकाईमा लगानीकर्ताले मेरो सेयर वेव तथा मोबाइल एप र धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।