अप्पर लोहोरेको आईपीओ बाँडफाँड

0
Shares

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) साउन २९ गते सोमबार बाँडफाँड भएको छ ।

धितोपत्र निष्कासन तथा बाँडबाँड निर्देशिका २०७४ बमोजिम बत्तिसपुतलीस्थित काजिको किचेनमा भएको बाँडफाँडमा १ लाख ९५ हजार ३२७ जनाले मात्र सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार १ लाख ९५ हजार ३२७ जना लगानीकर्तामध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता सहित ११ कित्ताका दरले ९९ कित्ता सेयर हात पार्नेछन् भने १ लाख ९५ हजार ३१८ जनालाई १० कित्ताका दरले १९ लाख ९३ हजार १८० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

आईपीओमा कुल आवेदकको १४.३५ प्रतिशत मात्र हो । यसको मतलव कम्पनीको आईपीओ भरेका १०५ जनामध्ये १५ जनाले सेयर हात पार्नेछन् भने ९० जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा १३ लाख ६१ हजार १५४ जनाले कुल १ करोड ५३ लाख ४७ हजार ४७० कित्ताको लागि १ अर्ब ५३ करोड ४७ लाख ४७ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए । 

कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका, कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १९ लाख ५३ हजार २७९ कित्ता सेयरको सार्वजनिक बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १३ लाख ६१ हजार १५४ जनाले कुल १ करोड ५३ लाख ४७ हजार ४७० कित्ताको लागि १ अर्ब ५३ करोड ४७ लाख ४७ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए । यस सार्वजनिक निष्कासनमा मागको तुलनामा ७.२३ गुणा बढी आवेदन परेको थियो ।

कुल ७७ हजारको ५५८ वटा आवेदन रद्द

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आईपीओमा १३ लाख ६१ हजार १५४ वटा आवेदन परेकोमा रितपुर्वक नपरेका कुल ७७ हजार ५५८ वटा आवेदन रद्द भएको छ । क्यापिटलका अनुसार कुल १ करोड ५३ लाख ४७ हजार ४७० कित्ता माग भएकोमा १२ लाख २९ हजार ६२० कित्ताको माग रद्द भएको हो ।

रद्द भएका आवेदनमध्ये सि–आश्वा प्रणालीबाट ७१ हजार ८६९ वटाबाट परेको ११ लाख ४७ हजार ५८० कित्ता र दोहोरो आवेदनबाट परको ५ हजार ६८९ वटा संख्याबाट परेको ८२ हजार ४० कित्ता रहेको छ ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । यसमध्ये स्थानीय बासिन्दालाई ५ लाख ९ हजार ८०४ कित्ता सेयर निष्कासन गरेकोमा २ लाख ६ हजार ७६० कित्ता (अवितरित ३ लाख ३ हजार ४४ कित्ता सर्वसाधारणमा थप गरिएको) बाँडफाँड सम्पन्न भैसकेको छ ।

यस्तै कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १९ लाख ८८ हजार २३६ कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर पनि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकेको छ । यसरी बाँकी रहेको कर्मचारीलाई लागि ३९ हजार ७६५ कित्ता ९२ प्रतिशत० र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता ९५ प्रतिशत०सेयर छुट्याइएको थियो । यसरी बाँकी रहेको १६ लाख ५० हजार २३५ कित्ता र स्थानीयबाट अवितरित भएको ३ लाख ३ लाख ३ हजार ४४ कित्ता सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।