सामाजिक सुरक्षा कोषले ५ अर्ब २२ करोड मुद्दती खातामा लगानी गर्ने

0
Shares

सामाजिक सुरक्षा कोषले आफ्नोे विभिन्न खाताहरुमा रहेको ५ अर्ब २२ करोड वरावरको रकम मुद्दती खातामा लगानी गर्ने भएको छ ।

जसका लागि कोषले नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरूसँग प्रस्ताव माग गरेको छ । बैंकहरुलाई आफूले लिन चाहेको रकम, समय तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई सिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भदौ २ गते २ः०० बजे भित्र आइपुग्ने गरी पठाउन आह्वान गरेको छ ।

कोषका रकम मुद्दती खातामा राख्न चाहने बैंकहरुले राष्ट्र बैंकबाट तोकिएको न्यूनतम चुक्ता पूँजी पुर्याएको साथै न्यूनतम पूँजीकोष अनुपात कायम गरेको (११ प्रतिशत वा सो भन्दा बढी) कायम गरेको हुनुपर्ने शर्त राखेको छ ।

त्यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको तथा कर्जा÷/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्नेछ ।

यसैगरी निकटतम अघिल्लो आर्थिक वर्षमा कर्जा नोक्सानी व्यवस्था पछि संचालन मुनाफामा रहेको, आवेदक बैंकका बहालवाला सञ्चालक, कार्यकारी प्रमुख वा कार्यकारी सञ्चालकलाई नेपाल राष्ट्र बैंकले कुनै पनि किसिमको आर्थिक जरिवाना नगरेको, शीघ्र सुधारात्मक कारवाही वा समस्याग्रस्त घोषणा गरेको भएमा सो कारवाही फुकुवा भएको कम्तिमा ६ महिना व्यतित भएको तथा सर्वसाधारणको लागि छुट्टयाइएको सेयर जारी गरी सकेको हनुपर्ने जनाएको छ।

प्रस्तावित ब्याज दर र रकम शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्ने अन्तिम मितिले १ महिना अवधि सम्म घटाउन नपाइने कोषले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।