मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड

0
Shares

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आइतवार बेलुका ५ः३० बजे सेयर बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको हात खाली भएको छ ।

कम्पनीले साउन २८ देखि ३१ गतेसम्म २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख १६ हजार ५१९ आवेदकले १ करोड ४३ लाख ६ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणको लागि निष्कासनमा ल्याएको २२ लाख ७६ हजार ६२० कित्ता शेयरको ६.२८ गुणा बढी हुन आउँछ ।

बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटका अनुसार कुल आवेदकमध्ये ५ हजार १२ वटा आवेदकबाट माग भएको ८२ हजार ७० कित्ताको माग रद्द भएको छ । १३ लाख ११ हजार ५१७ वटा आवेदनबाट माग भएको १ करोड ४२ लाख २४ हजार ७२० कित्ता सदर भई बाँडफाँडमा सहभागि गराइएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।