आँखुखोला जलविद्युतलाई हकप्रद निष्काशन गर्न आयोगको अनुमति


आँखुखोला जलविद्युत कम्पनीलाई चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।

यस अघि नै कम्पनीले हकप्रद निष्काशनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

गत जेठ १७ गतेको कम्पनी सञ्चालक समितिको बैठकले हकल कायम चुक्ता पुँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई आयोगले स्वीकृति दिएसँगै अब कम्पनीले साधारण सभा र धितोपत्र बोर्डको अनुमोदन पश्चात हकप्रद निष्काशन गर्नेछ । प्रस्तावित हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

काठमाण्डौंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत वार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।