विदेशमा आर्जन गरेको सीप तथा पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह


अर्थ मन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँग छलफल गर्दै अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन ।

नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको बताउदै अर्थमन्त्री महातले उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्र लगानीका लागि आकर्षक रहेको दावी गरे । यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे ।

यसैक्रममा उनले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराए । अर्थमन्त्री डा. महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटीको ७ औँ विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा पुगेका थिए । उनी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।