
नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न अनुमति पाएका नेपाल माइक्रो इन्स्यारेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योेरेन्सले साउनमा ९५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा दुई लघु निर्जीवन बीमा कम्पनीले २५ वटा बीमालेख जारी गरेका छन् । नेपाल माइक्रो इन्स्यारेन्सले ६ करोड २४ लाख ५५ हजार रुपैयाँ बीमाङ्क १७ वटा र प्रोटेक्टिभ माइक्रो इन्स्योेरेन्सले २ करोड ३० लाख ८० हजार रुपैयाँको ८ वटा बीमालेख जारी गरेका हुन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्यारेन्सले ६३ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योेरेन्सले ३२ हजार रुपैयाँको बीमा शुल्क संकलन गरेको हो ।
बीमा प्राधिकरणले गत आर्थिक वर्षदेखि मात्रै माइक्रो इन्स्योरेन्सको लाइसेन्स दिएको हो । नेपाली बीमा क्षेत्रमा नयाँ अवधारणा सहित हालसम्म नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गरी दुई कम्पनीले बीमा प्राधिकरणबाट इजाजत प्राप्त गरी व्यवसाय गर्दै आएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
