कोरोना पीडितको रकम परोहा नगरप्रमुखले अनियमितता गरेको आरोप

0
Shares

नेपाल सरकारले कोरोना पीडित जनतालाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । रौतहटको परोहा नगरपालिकाले २ वर्ष आगाडि कोरोना पीडितलाई सहयोग रकम वितरण गर्न एक सहकारी संस्थालाई दिएपनि हालसम्म सबै जनालाई वितरण नगरे पछि अनियमितता नै भएको दाबी गरेका छन् ।

नेकपा माओवादीका नेता तथा परोहा नपा वडा नम्बर ४ का वडा प्रत्यासि अमिन्द्र यादवले दिएको जानकारी अनुसार पालिकामा ‘क’ वर्गको प्रभु बैंक परोहा शाखा हुँदा हुँदै पनि काखापाखा गर्ने मनलाग्दी गर्ने नियतले पुजनिय सहकारी संस्थाको खातामा रकम पठाई नगर प्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन् ।

नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले रकम हिनामिना गर्न खोजेको आरोप लगाउदै स्थानिय युवा ईन्जिनियर सतेन्द्र प्रसाद यादवले बुधवार सम्म सबै करोना पिडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने सामाजिक सञ्जाल मार्फत चेतावनी समेत दिएका छन् ।

नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थालाई करोना पीडित जनताको लागि आएको सहयोग समयमा वितरण गर्नु पर्दछ नियत भएको भए २ वर्षदेखि पकै रोकेर राख्दैन थिए नेता यादवले बताए ।

परोहा नगरपालिकालाई नेपाल सरकारले कोरोना पीडितलाई सहयोग गर्न ससर्त अनुदान शीर्षकमा ९० लाख रुपैयाँ पठाएको र रकम फ्रिज नहोस् भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको नगर प्रमुख शेख वकिलले बताए । सबै वडामा रकम बितरण भई रहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बांकी रहेको बताए ।

वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाई भएको र चुनाव बीचमा परेका कारण पनि आफूले बदनाम हुने डरले केही समय रकम रोकेर राखेको नगर प्रमुख शेख वकिलले स्वीकार गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।