सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा छुट पाउने

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा छुट पाउने भएका छन् । जसका लागि सोमबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको हो ।

बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरका छन् ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओपिडि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बंैकका कर्मचारी तथा ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।