एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि–५० को प्रतिफल घोषणा, दुबैको घट्यो

0
Shares

सामुहिक लगानी कोष योजना एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिप्टीको प्रतिफल (नगद लाभांश) घोषणा भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलको असोज १ गते सम्पन्न सञ्चालक समितिको १३२ औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रस्ताव गरिएको हो ।

प्रतिफल वितरण प्रयोजनार्थ दुबै योजनाहरुले असोज १२ गते शुक्रबार इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति निर्धारण गरिएको छ । बुकक्लोज अनुसार असोज ११ गते बिहीबारसम्म नेप्सेमा इकाई कारोबार भइ कायम रहने इकाईधनीहरुले मात्र सम्बन्धीत योजनाहरुले वितरण गर्न प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

अघिल्लो आव २०७८।७९ बाट एनएमबि हाइब्रिड फण्ड एल–१ र तथा एनएमबि फिप्टीले इकाइधनीलाई समान २१.०५२६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गरेका थिए । दुबै योजनाले अघिल्लो आवको तुलनामा ६.०५२६ प्रतिशत कम लाभांश वितण गरेका हुन् । सेयर बजारमा आएको मन्दीका कारण अघिल्लो आवको तुलनामा लाभांश प्रस्ताव गरिएका अधिकांश म्युचुअल फन्डको प्रतिफलदर घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।