शिव श्री हाइड्रोपावरको एजीएम आह्वान, हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्दै

0
Shares

शिव श्री हाइड्रोपावरले असोज २५ गते बिहीबार वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा यती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको सभाले हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्ने सहितका अजेन्डाहरु पारित गर्नेछ । सभाले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कम्पनीले असोज १७ गते बुधबार बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार असोज १६ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।