मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

0
Shares

मादमे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारितका लागि असोज २५ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले हार्दिक होटल, बागबजार, काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको छ ।

सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रको दफा ६ संसोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०–८१ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी कम्पनीको छाप परिवर्तन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय परिवर्तन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।