चोरी तस्करी नियन्त्रण गर्न सुनको कोटा वृद्धिः उद्योग मन्त्री रिजाल

0
Shares

उद्योग मन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्याउन सुनको कोटा वृद्धि गरेको बताएका छन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको सुनचाँदी ब्यवसायी संगको छलफल कार्यक्रममा मन्त्री रिजालले आपूर्ति ब्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए।

मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले गत साता देखि दैनिक २० किलो सुन आयात गर्न पाउने ब्यवस्था गरेको छ । त्यसअघिद्ध दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने ब्यवस्था कायम रहेको थियो ।

छलफलका क्रममा मन्त्री रिजालले सुनचाँदी ब्यवसायीका लागि परेका अप्ठ्यारा समाधानगर्न र ब्यवसाय सञ्चालनका लागि प्रभावकारी नीति नियम तर्जुमागर्न सरकार तयार रहेको भन्दै ब्यवसायीका तर्फवाट पनि राज्यलाई सहयोग पुग्ने कार्यहरु मात्र गर्न र आम ब्यवसायीलाई यसैतर्फ प्रेरित गर्नसुझाव दिए।

छलफलका क्रममा ब्यवसायीका तर्फवाट महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपालमा सुनचाँदी ब्यवसायको अवसर र चुनौति बिषयक कार्यपत्र पश्तुत गर्दै सुनचाँदी ब्यवसाय सञ्चालनका लागि प्रष्ट, प्रभावकारी र ब्यवसाय मैत्री ऐन वनाउन आवश्यक रहेको बताए ।

त्यसक्रममा उनले सुनको प्रभावकारी आपूर्ति ब्यवस्था गरिनुपर्ने, बैध तरिकावाट आएका सुन तथा तीनका गरगहनाको कारोबारमा कुनै ब्यवधान गरिन नहुने, नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रावधानहरुलाई ख्याल गर्नुपर्ने, सुनचाँदीका गरगहना निर्यातका लागि बिशेष ब्यवस्था गरिनु पर्ने लगायत सुनचाादी ब्यवसाय सँग सम्वन्धित विविध पक्षका बारेमा जानकारी गराए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।