स्मार्ट बैंक माछापुच्छ्रे २४ औं वर्षमा प्रवेश 

स्मार्ट बैंक माछापुच्छ्रे २४ औं वर्षमा प्रवेश 

स्मार्ट बैंकको रुपमा स्थापित भएको माछापुच्छ्रे बैंकले २३ औं वर्ष पार गरी २४ औं वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीयस्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे हाल देशकै अब्बल र स्मार्ट बैंकको रुपमा चिनिएको हो । 

दुई दशक भन्दा लामो यात्रामा ग्राहकको अटूट विश्वास तथा माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानले सम्भव भएको बैंकले जनाएको छ । २३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले २० वर्ष भन्दाबढी निरन्तर सेवागरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्ने बताए । उनले बैँकको संस्थागत सुशासनको महत्व मनन गरि थप सबल बनाउने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नारासाथ डिजिटल इकोनोमिकमा प्रभावकारी भूमिका खेल्दै आइरहेको बताए । बैंकले आजको दिनसम्म पुग्दा आफूलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको उनको दावी छ । स्मार्ट तरिकाबाट ग्राहकहरूको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्‍याउन निरन्तर लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । 

बैंकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरू ल्याएको छ । क्यास ब्याकको सुविधा बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू एमबीएल एम स्मार्ट, डेबिट तथाक्रेडिट कार्ड) बाट लिन सकिने बैंकले जनाएको छ । 

यस अफर अन्तर्गत २ जना भाग्यशाली फेनपे मर्चेन्टले सामसुङ ट्याब्लेट, एक जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । साथै बैंकको एक जना ग्राहकले एमबिएलएम स्मार्टबाट फोनपे बिल्स माफर्त बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफरहरू आश्विन १५ देखि आश्विन ३०,२०८० गते सम्म मात्र कायम रहने बै.कले जनाएको छ । 

साथै बैंकका ग्राहकले दराज मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशत सम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्र्दा २३ प्रतिशत सम्मको क्यासब्याक २२३ रुपैयाँ, सीटी टेकको ३ जना फिनपोस मर्चेन्टले प्रतिदिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजीटल तथा सेलट्रोनले १ भाग्यशाली मर्चेन्टलाई सीजी टिभि र सेलट्रोन मार्फत अनर फोन पाउन सक्नेछन्  र मोको मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशत सम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाइरहेको बैंकले जनाएको छ । यी अफरहरू आश्विन ०१ गते देखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुनेछन् ।

बैंकले देशका७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री सुविधामा जोड दिने जनाएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ असोज २०८०, बुधबार १८ : १७ बजे