काठमाडौँ । वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन भएका छन् । शुक्रवार भएको संघको साधारण सभाबाट रेग्मी निर्विरोध अध्यक्ष भएका हुन् ।
हाल संघको उपाध्यक्ष रहेका रेग्मीलाई स्वतः अध्यक्ष बनाइएको हो । यसअघि पनि संघको अध्यक्ष स्वतः बन्ने अभ्यास रहँदै आएको थियो ।
त्यस्तै, संघको उपाध्यक्ष पदमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन भएका छन् ।
सदस्यहरूमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य चयन भएका छन् ।
