घलेम्दी हाइड्र्रोलाई २००% हकप्रद सेयर निष्कासन गर्न अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्र्रो पावरलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।

अब कम्पनीले एक बराबर दुईको अनुपात अर्थात् २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रबरद्धित संखुवासभामा रहेको ६३ मेगावाटको छुजुङ्ग खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तिमा ५१ प्रतिशत सेयर कायम हुने गरि लगानी गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।