ओपनएआई आफैँले एआई चिप्स उत्पादन गर्ने तयारीमा

0
Shares

च्याटजीपिटीको निर्माण गरी एआई (कृतिम बौद्धिकता) क्षेत्रमा क्रान्ति ल्याएको ओपनएआईले आफ्नै एआई चीप उत्पादन गर्ने तयारी गरेको छ ।

च्याटजीपिटि लगायतका अन्य एआई दक्षताका साथ सञ्चालन गर्नका निमित्त एआई चिप्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । पछिल्लो समयमा एआई चिप्सको अभाव हुँदै गएपछि ओपनएआई आफैंले चिप्स उत्पादनको योजना अघि सारेको हो ।

यस अघि ओपनएआईले एनभिडिया मार्फत एआई चिप्स खरिद गरिरहेको छ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत शाम अल्टम्यानले ग्राफीक्स प्रोसेसीङ युनिटको विकासका लागि आवश्यक पर्ने चिप्सको अभाव भएको बताउँदै आएका छन् । हाल एनभिडियाले विश्वव्यापी रुपमा एआई चिप्स उत्पादनको ८० प्रतिशत हिस्सा ओगटेको छ ।

बर्नस्टेन एनालिस्ट स्टासी र्यासगनको विश्लेषण अनुसार च्याटजिपिटी सञ्चालनमा ल्याउन भारी रकम खर्च हँदै आएको छ । च्याटजिपीटीमा एउटा प्रश्न सोध्दा चार सेन्ट खर्च हुने कम्पनीको विश्लेषण छ । च्याटजिपिटी लन्च हुने समयमा मानिसहरुले गुगलमा सर्च नगरी च्याटजिपीटिमै सर्च गर्ने गदैथे ।

कम्पनीले गरेको विश्लेषणका अनुसार सुरुवाती चरणमा च्याटजिपीटी सञ्चालनमा ल्याउन ४८ अर्ब डलर बराबरको ग्राफीक्स प्रोसेसिङ युनिट आवश्यक परेको थियो भने वार्षिक रुपमा चिप्स उत्पादनका लागि १६ अर्ब डलर आवश्यक पर्छ । हाल ओपनएआईले एनभिडियाको १० हजार ग्राफीक्स प्रोसेसिङ युनिटहरु प्रयोग गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।