नेपालमा थप व्यवसाय बढाउने युरोपेली कम्पनी बोशको लक्ष्य

0
Shares

युरोपको शीर्ष होम एप्लाइसेन्स निर्माता कम्पनी–बोशले नेपालमा आफ्नो व्यापार थप बढाउने लक्ष्य लिएको छ । प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोशले नेपालमा लगानी बढाउने घोषणा गरेको छ ।

सन् २०२२को मे महिनामा नेपाल प्रवेश गरेको बोशले हाल अटोमोटिभ, पावर टुल्स, निर्माण सम्बन्धी नवीन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा प्रयोग हुने सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

नेपाल भ्रमणमा आएका बोश ग्रुप इन्डियाका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले नेपालमा व्यवसायको प्रचुर सम्भाव्यता रहेको र कम्पनीले नेपालमा दिँदै आएका सेवाको गुणस्तर बढाउनुका साथै नयाँ सेवा तथा वस्तु उपलब्ध गराउने बताएका छन् । यस्तै बोश नेपालका देशीय प्रमुख सन्दिप कामतले नेपालमा दिगो, पर्यावरणीय मैत्री सेवा विस्तारमा बोश ग्रुप सदैव तत्पर रहेको जनाएका छन् ।

बोश ग्रुपले अटोमोटिभ क्षेत्रका साथै जलविद्युत, निर्माण व्यवसाय, सुरक्षा क्षेत्रमा समेत काम गर्दै आएको छ । कम्पनीले सनर्वजनिक क्षेत्रमा सुरक्षा बढाउन सीसीटिभी, फायर अलराम सिसटम जडान कार्य समेत गर्छ । बोश ग्रुपले अटोमोटिभ क्षेत्रमा आफ्ना उत्पादनको पहुँच बढाउन नेपाल भरमा ३ हजार बढी डिलर कम्पनीहरु सञ्चालनमा ल्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।